राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Friday, May 10, 2013

दुइवर्षभित्रमा कारमा चढेर आकाशमा सररर फोटोफिचर

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ ।



कार र जहाजको वर्णशंकर जस्तो देखिने टिएफ एक्स नामको उक्त उड्ने कारमा दुइ सिट हुनेछन् भने चारवटा पांग्रा तथा पखेटा रहनेछन् । यो कार ग्यारेजमा थन्काउन सकिने र उडाउनका लागि धावनमार्ग नचाहिने कम्पनीको दाबी छ ।

गएको वर्ष कम्पनीले यो उड्ने कारको परीक्षण उडान गर्दै १४ सय फिट सम्म उडाएको थियो । यो उड्ने कारको मूल्य भने निकै महंगो हुनेछ । यसको मूल्य ३ लाख अमेरिकी डलर हुने बताइएको छ ।

यो उड्ने कारका विशेषता निम्न छन् :

यो कारको गति जमिनमा ७० माइल प्रतिघण्टा र हावामा ११५ माइल प्रतिघण्टा हुनेछ ।



यो कारमा २३ ग्यालोन क्षमताको इन्धन ट्यांकी हुनेछ । इन्धनको खपत हावामा प्रतिघण्टा ५ ग्यालोन र जमिनमा प्रतिघण्टा ३५ ग्यालोन हुनेछ । यसमा चालक सहित दुइ यात्रु हुनेछन् ।










0 comments: