पछिल्लो समय बिजुली नचाहिने मोबाइल चार्जरको उत्पादन तथा आविश्कारको क्रम
तिब्र भएको छ। विशेष गरेर सौर्य उर्जाबाट मोबाइल, ट्याब्लेट तथा अन्य
ग्याजेट चार्ज गर्ने उपकरणहरुको उत्पादन तथा डिजाइन बजारमा चर्चा र क्रयको
विषय हुन थालेको छ। पश्चिमा तथा विकसित मुलुकका उपभोक्ताका लागि बढ्दै गएको
ग्याजेटको स्क्रिन र अनेकन सुविधाका कारण पटक पटक मोबाइल चार्ज गर्नका
लागि यस्ता चार्जर निक्कै लाभदायक हुने देखिन्छ।
कम
तथा विकासोन्मुक मुलुकका ग्याजेट प्रेमीका लागि भने यस्ता उपकरण बिजुली
नभएका धेरै ठाउँका लागि अचुक र निर्बिकल्प साधन हुनपुग्छन्। खास गरेर सौर्य
उर्जाको माध्यमबाट मोबाइल तथा ग्याजेट चार्ज गर्न विशेष गरेर यात्रामा
निस्कनेहरुका लागि सहज हुन्छ। यूरोप अमेरिकाकाका धेरै यात्रामा निस्कने
ग्याजेट प्रेमीका लागि यस्ता उपकरणले यात्रामा मोबाइल तथा ट्याब्लेटमा गेम र
मनोरञ्जनको भरपूर आनन्द दिन्छन्।
सौर्य
उर्जाबाट ग्याजेट चार्ज गर्न सकिने विभिन्न उपकरणका बीच आएको सानो ‘वीण्डो
सकेट’ नामको सोलर चार्जर पाँच देखी आठ घण्टामा पूर्ण रुपमा चार्ज हुन्छ। 
यो सानो चार्जर उपकरणले मोबाइल चार्जकालागि बिजुली प्रतिको निर्भरता घटाउँछ भने यात्रामा बोक्न तथा सवारी वा घरमा पनि यसको प्रयोग गर्न सहज बनाउँछ।

यसको प्रयोग जहाजको यात्रामा पनि गर्न सकिन्छ। मात्र यसको सोलार प्यानल तर्फको भाग झ्यालबाट बाहिर देखाए पुग्छ।
यो चार्जर आकारमा सानो भएपनि एक पटक चार्ज गरिसकेपछि १० घण्टा सम्म यसमा विद्युतिय शक्ति कायम रहन्छ।

0 comments:
Post a Comment