आफन्तहरु विदेशमा छन् । दैनिक लामो
समयसम्म फोन भईरहन्छ । सन्चो विसन्चो के छ वुझ्नको लागी पनी दैनिक फोन
गर्नु पर्ने वाध्यता छ । उता दैनिक ठुलो धनराशी फोनमै खर्चभईरहेको व्यथा
पनी अनुभुती गरिरहनुभएको छ भने तपाईको लागी भाईवर एप्सको प्रयोग प्रभावकारी
हुनसक्छ । भाईवर फोन गर्दा तथा म्यासेज पठाउदा पैसा नलाग्ने एप्स हो ।
लामो समयसम्म फोनमा कुरा गरिरहनुपर्ने व्यक्तिहरुको लागी यो एप्स प्रयोग
गर्नु भनेको आपँ पनी झार्नु र लौरोपनी नअड्किनु जत्तिकै हो । निशुल्क
फोनको लागी निकै प्रभावकारी यो एप्स दुईचार हजार मानिसले मात्र प्रयोग
गरेका छैनन् करौडौ मोबाईलमा डाउनलोड भईसकेको छ ।
यो एप्स प्रयोगको लागी कस्तो मोवाईल आवश्यक छ ?
साधारण भन्दा साधारण मोबाईलमा भने यो एप्स इन्सटल गर्न सकिदैन । स्मार्ट टेक्नोलाजीमा आधारित मोवाईलमा मात्रै डाउनलोड गर्न सकिन्छ । एन्ड्रोईड, विण्डोज ,आईफोन, नोकिया, ब्ल्याकवेरी लगायतका अपरेटिङ सिस्टम भएको स्मार्ट फोनमा दुवै तर्फ यो एप्स ईन्स्टल गरेर निशुल्क कुराकानी तथा टेक्स्ट म्यासेज सेयर गर्न सकिन्छ । त्यस्तो अर्को महत्वपुर्ण विषय यो एप्समा कुरा गर्ने समयमा भने ईन्टरनेट कनेक्सन आवश्यक छ ।
कसरी भाईवर एप्स सुचारु गर्ने ?
भाईवर एप्स ईन्सटल गर्नको लागी भाईवर डटकम लग ईन गर्नुस अथवा गुगल प्लेमा भाईवर एप्स नामवाट खोजी गर्नुभयो भने सजिलै भेट्न सक्नुहुन्छ । एप्स ईन्सटल गरिसकेपछि तपाईले एकाउण्ट खोल्नु पर्ने हुन्छ । एकाउण्टमा तपाईले फोन नम्वर राख्न आवश्यक छ । त्यस्तै लोकेशन पनी जानकारी गराउनु पर्ने हुन्छ । तपाईले फोन नम्वर अपलोड गर्नासाथ सेवा सुचारु गर्नको लागी तत्काल म्यासेज पाउनुहुनेछ । सो म्यासेजवाट तपाईले सेवाको लागी अघि वढ्न सक्नुहुन्छ । एक पटक भाईवर एप्स एक्टिभेट भईसकेपछि दोहोराएर एक्टिभेट गरिरहन भने पदैन । जव तपाई ईन्टरनेट कनेक्सनमा जानुहुन्छ त्यसपछि नै अरु भाईवर प्रयोगकर्ताको लिष्ट देख्न सक्नुहुन्छ । र तपाईले आफ्ना आफन्त तथा साथीभाईसगँ दैनिक उत्कृष्ठ क्वालिटीमा फोनमा कुराकानी एवं म्यासेज पठाएर निशुल्क फोनको मज्जा लिन सक्नुहुन्छ ।
'किन भाईवर एप्स प्रयोग गर्ने' भन्ने प्रश्नमा भाईवरको आधिकारीक बेवसाईटमा
भनिएको छ निशुल्क फोन तथा म्यासेज पठाउन यो एप्स प्रभावकारी हुनेछ ।
त्यस्तै एक पटक एप्स सेटिङ गरिसकेपछि प्रत्येक पटक साईन अप गर्नुपर्ने
जस्ता झन्झट आईपर्ने छैन । अनलाईनमा आउना साथ स्वतं भाईवर प्रयोगकर्ताको
लिष्ट पाउन सकिनेछ । त्यस्तै मोवाईल कलको लागी थ्रिजी तथा वाईफाईको
माध्यमवाट उत्कृष्ठ क्वालिटीमा फोन गर्न सकिन्छ । निः शुल्क फोन तथा
म्यासेज गर्न मिल्ने महत्वपुर्ण भाईवर एप्सको वारेमा जानकारी थाहा पाउनु
भएको थिएन भने अव चै तपाई पनी यो एप्स प्रयोगको लागी उत्साहित हुनुहुन्छ
होला हैन ? तपाई मात्रै हैन, भाईवर एप्स प्रयोग गर्दै आईरहेका
प्रयोगकर्ताहरु पनी निकै खुसी र उत्साहित रहेको पाईएको छ । गुगल प्लेमा
भाईवर एप्स कस्तो लागिराछ भनेर राखिएको जनमतमा लाखौ मानिसले धेरै राम्रो
एप्स भनेर रेटिङ गरेका छन् ।
यो एप्स प्रयोगको लागी कस्तो मोवाईल आवश्यक छ ?
साधारण भन्दा साधारण मोबाईलमा भने यो एप्स इन्सटल गर्न सकिदैन । स्मार्ट टेक्नोलाजीमा आधारित मोवाईलमा मात्रै डाउनलोड गर्न सकिन्छ । एन्ड्रोईड, विण्डोज ,आईफोन, नोकिया, ब्ल्याकवेरी लगायतका अपरेटिङ सिस्टम भएको स्मार्ट फोनमा दुवै तर्फ यो एप्स ईन्स्टल गरेर निशुल्क कुराकानी तथा टेक्स्ट म्यासेज सेयर गर्न सकिन्छ । त्यस्तो अर्को महत्वपुर्ण विषय यो एप्समा कुरा गर्ने समयमा भने ईन्टरनेट कनेक्सन आवश्यक छ ।
कसरी भाईवर एप्स सुचारु गर्ने ?
भाईवर एप्स ईन्सटल गर्नको लागी भाईवर डटकम लग ईन गर्नुस अथवा गुगल प्लेमा भाईवर एप्स नामवाट खोजी गर्नुभयो भने सजिलै भेट्न सक्नुहुन्छ । एप्स ईन्सटल गरिसकेपछि तपाईले एकाउण्ट खोल्नु पर्ने हुन्छ । एकाउण्टमा तपाईले फोन नम्वर राख्न आवश्यक छ । त्यस्तै लोकेशन पनी जानकारी गराउनु पर्ने हुन्छ । तपाईले फोन नम्वर अपलोड गर्नासाथ सेवा सुचारु गर्नको लागी तत्काल म्यासेज पाउनुहुनेछ । सो म्यासेजवाट तपाईले सेवाको लागी अघि वढ्न सक्नुहुन्छ । एक पटक भाईवर एप्स एक्टिभेट भईसकेपछि दोहोराएर एक्टिभेट गरिरहन भने पदैन । जव तपाई ईन्टरनेट कनेक्सनमा जानुहुन्छ त्यसपछि नै अरु भाईवर प्रयोगकर्ताको लिष्ट देख्न सक्नुहुन्छ । र तपाईले आफ्ना आफन्त तथा साथीभाईसगँ दैनिक उत्कृष्ठ क्वालिटीमा फोनमा कुराकानी एवं म्यासेज पठाएर निशुल्क फोनको मज्जा लिन सक्नुहुन्छ ।
हालै भाईवरले नयाँ सुविधा थप गरेका छ । मोबाईलवाट मात्रै नभई अव डेक्सटपवाटै फोन गर्न सकिन्छ ।
0 comments:
Post a Comment