राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Sunday, May 12, 2013

घटायो टेलिकमले इन्टरनेट शुल्क


नेपाल टेलिकमले आफूले दिने इन्टरनेट सेवाको शुल्क उल्लेख्य
घटाएको छ। टेलिकमका सहप्रवक्ता राजेश जोशीले प्रेस विज्ञप्ती जारी गरेर टेलिकमले विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर सबै खालका इन्टरनेट सेवामा शुल्क कटौती गरेको जानकारी दिएका छन्। टेलिकमले जारी गरेको विज्ञप्ती अनुसार टेलिकमले डायलअप, आइएसडीएन डायलअप, एडीएसएल, वाइम्याक्स, इन्टरनेट लिज्ड कनेक्टिभीटी, थ्रीजी, इभिडियो लगायतका सबै खालका प्रविधिबाट प्रदान गरिरहेको इन्टरनेट सेवामा शुल्क कटौती भएको छ।
टेलिकमले गरेको शुल्क कटौती पछि मासिक दुईसयमा पनि अनलिमिटेड इन्टरनेट चलाउन सकिने भएको छ भने वाइम्याक्स इन्टरनेट पनि अनलिमिटेड प्याकेजमा उपलब्ध भएको छ।
टेलिकमको शुल्क कटौतीबारे यी समाचार पढ्नुहोस्
टेलिकमको विज्ञप्ती यहाँ

0 comments: