लूमिया ९२५ मा वायरलेस चार्जिङलाई हटाइएको छ, जसका कारण यो लूमिया ९२० भन्दा हलुको भएको छ । नोकियाले लूमियाको क्यामरा समेत परिर्वतन गरेको छ । यो प्रविधी फोनमा पहिलो पटक परिर्वतन भएको नोकियाको दावी छ । लूमियाको नयाँ मोडल जूनबाट युरोप र चीनमा उपलब्ध हुनेछ, त्यसपछि अमेरिकी बजारमा आउनेछ । लूमियाको नयाँ मोडलमा ९२० को जस्तै स्नेपड्रेगन एस ४ प्रोसेसर र २००० एमएएचको ब्याट्री पूरानो जस्तै छ । तर, १६ जीबीको इन्टरनल स्टोरेज क्षमता पूरानो फोनको तुलनामा आधा हो । लूमिया ९२५ को ३२ जीबी स्टोरेजको संस्करण निकाल्ने नोकियाको योजना रहेको छ । स्क्रीनमा कुनै परिर्वतन गरिएको छैन र ४।५ इन्चकै रहेको छ । नयाँ एमोलेड डिस्प्ले लूमिया ९२० को आईपीएफ आधारित डिस्प्लेभन्दा राम्रो छ र मेटल फ्रेममा छ । जुन सेतो, कालो र खैरो रंगमा मात्र उपलब्ध छ । लूमिया ९२५ को मूख्य क्यामरा पुरानो जस्तो ८।७ मेगापिक्सलको रेजोल्यूशन र फ्लोटिङ लेन्स इमेज स्टेबिलाइजिङ प्रविधीको प्रयोग गरिएको छ । तर, अप्टिकल सिस्टम छ तहबाला लेन्सभन्दा कम छ । इमेज सेन्सरसम्म पुग्नुअघि प्रकाशले छ तह पार गर्छ, जसले राम्रो बनाउन मदत गर्छ । यसअघि राम्रो स्मार्ट फोनहरुमा ४ देखि ५ तहमात्र हुन्थ्यो । यसले लूमिया ९२० को तस्वीर सामसुङ ग्यालेक्सी एस ४ र आइफोन ५ भन्दा कमजोर रहेको भन्ने आलोचनाको जवाफ दिनेछ । यद्यपी लूमिया ९२५ मा एक कमजोरी छ, जुन यस्तै अन्य फोन लूमिया ९२८ मा छ, जेनोन फ्लास । यसको कारणले कम क्षमताको एलईडी प्रविधीको प्रयोग गर्नेछ । नोकिया स्मार्ट क्याम नामको एक नयाँ एप फोटो खिच्ने थुप्रै तरिका शिकाउँछ । जसमा मोशन फोकस पनि सामेल छ ।
0 comments:
Post a Comment