दूरसञ्चार प्राधिकरणबाट एकीकृत लाइसेन्स पाएको स्मार्ट
टेलिकमले कार्यक्षेत्र बढाउन काम थालेको छ । यसका लागि आवश्यक पुँजी थप्न कम्पनीले उद्योग विभागमा निवेदन दिएको छ । विभाग स्रोतका अनुसार एक साताभित्र कम्पनीले माग गरेअनुसारको पुँजी वृद्धि र कार्यक्षेत्र योजना स्वीकृत हुन सक्छ ।
एकीकृत लाइसेन्स पाएपछि कम्पनीले अमेरिकी मूलका अब्राहम स्मिथलाई नयाँ प्रमुख कार्यकारीका रूपमा भित्र्याएको छ । यसअघिका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्यको कार्यक्षेत्र अर्कै मुलुक तोकिएको छ । 'आन्तरिक रूपमा विस्तारको गृहकार्य सुरु भएको छ,' कम्पनी स्रोतले भन्यो, 'अवस्था सहज भएपछि योजनासहित पत्रकार सम्मेलन गरेर जानकारी दिने छौं ।'
दूरसञ्चार प्राधिकरणले स्मार्ट र युनाइटेड टेलिकमलाई एकीकृत लाइसेन्स दिने निर्णय गरेको थियो । निर्णयपछि स्मार्टले लाइसेन्स लिइसकेको छ । यही प्रक्रियालाई लक्षित गरेर करिब आधा दर्जन मुद्दा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा छन् । सर्वोच्चबाट अन्तिम फैसला नआएपछि स्मार्टले आफ्नो योजना सार्वजनिक गर्न सकेको छैन ।
स्मार्ट मोबाइल दूरसञ्चार सेवा उपलब्ध गराउन स्थापना भएको छैटौं कम्पनी हो । पूर्वाञ्चलबाहेक चार विकास क्षेत्रमा कम्पनीले सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका ५ लाख ७६ हजार ग्राहक छन् । प्राधिकरणको तथ्यांकअनुसार दूरसञ्चारको बजारमा कम्पनीको हिस्सा ३ प्रतिशत छ ।
एकीकृत लाइसेन्स पाएपछि कम्पनीले जीएसएमलगायत दूरसञ्चारका सबै सेवा सुरु गर्न सक्छ ।

0 comments:
Post a Comment