राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Sunday, May 12, 2013

मोवाईल एसएमएसभन्दा च्याट एप्स लोकप्रिय

पछिल्लो एक अध्ययनले मोबाइलबाट पठाइने एसएमएसभन्दा च्याट एप्स लोकप्रिय भएको देखाएको छ । अध्ययन प्रतिवेदनमा मोबाइलमार्फत टेक्स्ट म्यासेज पठाउने कुरा पुरानो हुने समेत उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय अनुसन्धान संस्था इन्फर्माले गरेको एक अध्ययनले एसएमएस टेक्स्ट म्यासेजको तुलनामा च्याट एप्समार्फत सन्देश पठाउनेको संख्या धेरै रहेको देखाएको छ । तथ्यांक अनुसार सन् २०१२ मा विश्वमा ६ वटा च्याट एप्स ह्वाट्सएप, ब्लाकबेरी मेसेन्जर, भाइबर, निम्बुज, एप्पलको इमेसेज र काकाओ टकमार्फत दैनिक १९ अर्ब सन्देश पठाइएको थियो भने एसएमएसबाट १७ अर्ब ६० करोड सन्देश आदानप्रदान भएको थियो ।
अध्ययनको यो नतिजा मोबाइल फोन अपरेटरका लागि भने निकै दु:खको विषय भएको प्रतिवेदनमा उल्लेख छ । इन्फर्माले भविष्यमा च्याट सन्देशको दर अझै बढ्ने अनुमान गरेको छ । सन् २०१४ सम्ममा यस्ता च्याट एप्सबाट पठाइने सन्देश दैनिक ५० अर्बसम्म पुग्ने अनुमान गरिएको छ ।

0 comments: