नेपाल टेलिकमले उपभोक्तालाई महसल तिर्न
सजिलो बना
उन आइतबारबाट रिचार्ज कार्डबाटै पोस्टपेड मोबाइल र ल्यान्डलाइन्को
महसुल तिर्न सकिने सुविधा सुरु गरेको छ। अहिले बजारर्मै रहेको नमस्ते
प्रिपेड मोबाइलको रिचार्ज कार्डबाटै पोस्टपेड र ल्यान्डलाइनको महसुल तिर्न
सकिने टेलिकमले जनाएको छ।
टेलिफोनबाट १४१३ नम्बरमा डायल गरेर त्यसमा
सुनि सन्देश अनुसार रिचार्ज कार्डको पिन नम्बर राखेर महसुल तिर्न सकिने
भएको छ। टेलिफोन ग्राहकले यो प्रविधिबाट एकसयदेखि एकहजार रुपैयाँसम्म तिर्न
सक्नेछन्। थप महसुल तिुर्नपरे कार्डहरु थप्दै ल्यसअनुसार पिन नम्बर डायल
गर्नुपर्नेछ। ग्राहकले बजारमा पाइने रिचार्ज कार्ड ल्याएर घरमै बसीबसी
स्क्र्याच गरेर महसुल तिर्न सकछन्।
पोस्टपेड मोबाइलको ९० प्रतिशत ब्यालेन्स
सकिने बित्तिकै एकतफी हुने भएकाले त्यस्तो अवस्थामापनि तत्काल रिचार्ज
कार्डबाट महसुल तिरेर सेवा सुचारु गर्न सकिने यो सुविधा प्रविधिमा छ।
त्यसैगरी रिचार्ज कार्डबाटै एडीएसएलको महसुल भुक्तानीको सुविधा पनि
उपभोक्ताले पाउन सक्ने भएको छन्।
0 comments:
Post a Comment