यात्रामा निस्कँदा तपाइँले मोबाइल चार्ज कसरी गर्ने भन्ने प्रबन्ध गरेको हुनुहुन्छ। धेरैले यात्रामा निस्कँदा मोबाइलका लागि अर्को ब्याट्री वा आपतकालिन चार्जरका रुपमा फोन चार्ज गर्ने उपकरण राखेका हुन्छन्। जुन बजारमा उपलब्ध हुने साना एए साइजका ब्याट्रीबाट सजिलै चार्ज गर्न सकिन्छ। यस्तो खालको मोबाइल चार्ज गर्ने उपकरण मोबाइल लिने र यात्रामा निस्कनेलागि सामान्य हो। यात्रामा निस्कनेका लागि डिजाइन गरिएका यस्ता मोबाइल चार्जरहरुका भीडमा यस्तो चार्जर आएको छ जुन अहिले विश्वकै सबै भन्दा सानो आकारको मोबाइल फोन चार्जर हो।
यसको नाम हो डिभोटेक फ्यूल माइक्रो चार्जर। जसमा २२० मिलीएम्पीएर प्रति घण्टा क्षमताको ब्याट्री रहेको छ जसले मोबाइल फोनलाई करिब ३० मिनेटको थप टकटाइम उपलब्ध गराउँछ। त्यसो त केही घण्टा सम्मको स्ट्याण्डबाइ टाइम पनि थप उपलब्ध गराउँछ। यसबाट चार्ज गरेपछि मोबाइल कति समय चल्छ भन्ने कुरा चाहिँ मोबाइल कसरी चलाइन्छ भन्ने कुरामा पनि निर्भर गर्छ।
यो ब्याट्री चार्जर अचानक हुने ढिलाइका लागि उपयुक्त हुन्छ। जसले केही फोन गर्न र इमेलहरु आदान प्रदान गर्न सकिन्छ।
यो मोबाइल चार्जर यति सानो आकारको छ कि यसलाई कीरीङ वा मोबाइल फोनको स्ट्रिपमा पनि झुण्ड्याउन सकिन्छ। त्यसो त जिन्सको पाइन्टको सानो पकेटमा पनि राख्न सकिन्छ।
यो अहिले सम्म विश्वमा बनेका मोबाइल चार्जरहरु मध्ये सबै भन्दा सानो मोबाइल चार्जर हो।
यो अल्मुनियमबाट बनेको भए पनि यसको वजन हलुका नै छ। यसमा रहेको ब्याट्री पुन चार्ज गर्न सकिने खालको भएकाले यसलाई पटक पटक प्रयोग गर्न सकिन्छ। पुन रिचार्ज गर्नका लागि यसको तल्लो भागमा यूएसबी पोर्ट पनि रहेको छ।
यसको भित्री भागमा उपलब्ध सबै स्पेश लिथियमआयोन ब्याट्रीले लिएको छ जसमा ५ सी ब्याट्री छ। जसले एकपटक चार्ज गरेपछि एक महिना सम्म उक्त चार्जलाई टिकाइ राख्छ।
यसको तल्लो भागमा गरेको तीनवटा इन्डिकेटर बक्तिले मोबाइल चार्ज भइरहेको, पुरै चार्ज भइसकेको र चार्जर अन भएको जानकारी दिन्छ।
1 comments:
Post a Comment